Jiban Marga
पाठ १२ : जीवन मार्ग
१. शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
- मौलिक : कसैको आधार नलिएको, सिर्जनात्मक
- बाहुल्य : धेरै हुनाको भाव वा अवस्था
- जतन : सुरक्षित
- चिनो : चिह्न, निसान
- निर्यात : स्वदेशबाट विदेशमा सामान पठाउने काम
- वर्चस्व : आफ्नो अधिकार बाहिरको कुरामा गरिने दखल
- मूर्त : स्पष्ट आकार भएको
- किनिमा : भटमासबाट बनाइएको एक प्रकारको परिकार
- मकर नुहाउनु : माघे सङ्क्रान्तिमा नुहाउने काम
- हस्तक्षेप : नियन्त्रण, अधिकार
- फत्ते : सम्पन्न, पूरा
४. दिइएका शब्दको अर्थ लेख्नुहोस् :
- परिकल्पनाकार : पछि सिद्ध हुन सक्ने कुराको पहिले नै मनमा अड्कल वा धारणा गर्न सक्ने व्यक्ति
पाठ १२ : जीवन मार्ग
४. तलका शब्दहरूको अर्थ:
- आना : सोह्र भागको एक भाग
- धुर : एक कट्ठाको बिसौ भाग जमिनको परिमाण
- आत्मनिर्भर : बाँच्नका लागि अरुको भर पर्नु नपर्ने
- आयात : विदेशबाट खरिद गरिएको
- एकाधिकार : एकलौटी अधिकार, एकाधिपत्य
- कृत्रिम : प्राकृतिक वा स्वाभाविक नभएको
- अर्गानिक : जीवसँग सम्बन्धित प्रक्रियाहरू वा जीवित जीवहरू समावेश गर्ने प्रक्रियाद्वारा उत्पादित
- जोखिम : शारीरिक, मानसिक हानिनोक्सानी हुन सक्ने डरलाग्दो काम
- विकल्प : दोश्रो तरिका
५. शब्दकोशको सहायताबाट शब्दवर्ग, शब्दस्रोत र अर्थ:
| शब्द | शब्दवर्ग | शब्दस्रोत | अर्थ |
|---|---|---|---|
| असल | वि. (विशेषण) | अ. (अरबी) | राम्रो, उत्तम |
| विकास | ना. (नाम) | सं. (संस्कृत) | उन्नति |
| इष्ट | वि. (विशेषण) | सं. (संस्कृत) | इक्षा गरिएको |
| स्कुल | ना. (नाम) | अंग्रेजी | विद्यालय |
रिपोर्ताज : बोध र अभिव्यक्ति
१. पाठ पढी सोधिएका प्रश्नको उत्तर:
(क) चोमोलुङ्गा औद्योगिक प्रतिष्ठान कस्तो प्रतिष्ठान हो?
चोमोलुङ्ग औद्योगिक प्रतिष्ठान नेपालको मौलिक पहिचान झल्काउने र स्थानीय कच्चा सामनको सदुपयोग गर्दै उद्योग स्थापना गरेको प्रतिष्ठान हो।
(ख) चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानबाट बिक्री गरिने सामान किन लोकप्रिय भए?
चोमोलुङ्घा औद्योगिक प्रतिष्ठानबाट बिक्री गरिने सामान नेपालको मौलिकता र पहिचानमा आधारित भएकाले लोकप्रिय भए।
(ग) छिरिङको पारिवारिक पृष्ठभूमि कस्तो छ?
छिरिङको परिवारमा छिरिङ, बाबाआमा र भाइबहिनीहरू छन् । थोरै मात्र जग्गा जमिन भएको छिरिङको परिवारमा बुबाले भारी बोक्ने काम र आमाले घरको काम गरेर मुस्किलले जीवन कटेको थियो। त्यसैले आर्थिक दृष्टिकोणले दयनीय छिरिङको न्यून मध्यम वर्गीय पारिवारिक पृष्ठभूमि कमजोर छ।
(घ) किन छिरिङलाई जग्गा प्लटिङ व्यवसाय ठिक लागेन?
छिरिङलाई जग्गा प्लटिङ व्यवसाय ठिक लागेन, किनभने त्यो व्यवसायले प्राकृतिक सुन्दरता, कृषि भूमि र वातावरणलाई नोक्सान पुर्याउँछ भन्ने उसले बुझ्यो। उसले छोटो समयमा फाइदा भए पनि दीर्घकालीन रूपमा समाज र प्रकृतिमा त्यसको नकारात्मक असर पर्ने ठानेर उक्त व्यवसाय गर्न मन लागेन।
२. दिइएको रिपोर्ताज अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
क) नेपाली मौलिक उत्पादनको बजार कस्तो छ ?
उत्तर : नेपाली मौलिक उत्पादनको बजार अहिले व्यापक रुपमा संसारभर फैलिएको छ। नेपालीहरुले आफ्नो मौलिक पहिचानलाई भुलेका छैनन् । विश्वको जुनसुकै कुनामा पुगे पनि नेपालीले आफ्नो मौलिकता र पहिचानलाई अनुसरण गरेका छन्। उनीहरु उपलब्ध भएसम्म आफ्ना मौलिक वस्तुको उपभोग गर्न रुचाउँछन् ।
ख) पाठमा प्रतिस्पर्धी थपिदैमा आत्तिनु पर्दैन किन भनिएको हो ?
उत्तर : आजको युग भनेको प्रतिस्पर्धाको युग हो। हामीले राम्रा र उपयोगी वस्तुको उत्पादन गर्न सक्यौ भने बजारको समस्या हुँदैन। प्राकृतिक र अर्गानिक वस्तुको उत्पादन गर्न सक्यौ भने हाम्रो उत्पादन संसारभर बिक्ने छन् । प्रतिस्पर्धाको युगमा प्रतिस्पर्धीहरु भेटिनै रहन्छन् । त्यसैले प्रतिस्पर्धी थपिदैमा आत्तिनु पर्दैन भनिएको हो।
३. किन लेखक चोमोलुङ्घा औद्योगिक प्रतिष्ठानका विषयमा रिपोर्ताज लेख्न अग्रसर भए, लेख्नुहोस् ।
उत्तर : रेपोर्ताज रचना जीवन मार्गमा चोमोलुङ्गा औद्योगिक संस्थानलाई नेपालको मौलिक पहिचान झल्काउने सफल उद्योगको रूपमा चित्रण गरिएको छ । प्रतिष्ठानले स्थानीय कच्चा पदार्थको प्रयोग गरी नेपालमा मात्र उत्पादन हुने वस्तुहरुलाई प्राथमिकता दिएकोले लेखक त्यसबारे रिपोर्ताज लेख्न अग्रसर भएका हुन् । यसले नेपाली उत्पादनको सम्भावना र मौलिकताको संरक्षणमा सकारात्मक योगदान पुर्याएको छ ।
३. किन लेखक चोमोलुङ्घा औद्योगिक प्रतिष्ठानका विषयमा रिपोर्ताज लेख्न अग्रसर भए, लेख्नुहोस् :
उत्तर : नभई विदेशमा रहेका नेपालीहरूमाझ पनि लोकप्रियता हासिल गरेको प्रसङ्ग अभिव्यक्त भएको छ। विदेशीले पनि यस प्रतिष्ठानका उत्पादनलाई नेपाली उत्पादनका रूपमा चिन्न थालेका छन्। नेपालको मौलिकता र पहिचानलाई प्राथमिकतामा राखेर चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानले धेरैको मन जितेको छ । लेखको घरहरुमा पनि यसै ब्रान्ड र उत्पादनहरू भरिएका छन्, जसले लेखकलाई संस्थानको बारेमा एक रिपोर्ट लेख्न अग्रसर गराएको हो ।
४. दिइएको रिपोर्ताज अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
क) 'देखासिकी गरी खा आरिसे मरी जा' भन्ने उखानको तात्पर्य के हो ?
उत्तर : अरुको देखासिकी गरेर केही नगर्नु भन्दा गर्नु राम्रो हो तर आरिस गर्नु भनेको आफ्नै नोक्सान गर्नु हो भन्नु नै 'देखासिकी गरी खा आरिसे मरी जा' भन्ने उखानको तात्पर्य हो।
ख) जति धेरै उत्पादन त्यति धेरै फाइदाको अवस्थामा पुग्ने उपाय के हो ?
उत्तर : हामीले उद्योग कसरी गर्ने भन्ने कुरामा ध्यान दिनुपर्दछ जस्तै गुणस्तरमा सम्झौता गर्नुहुँदैन, स्वस्थ प्रतिस्पर्धा, सहकार्य र आदानप्रदानको संस्कृति बसाउनुपर्छ। यही नै जति धेरै उत्पादन त्यति धेरै फाइदाको अवस्थामा पुग्न उपाय हो।
५. विभिन्न देशको भ्रमणबाट छिरिङले कस्तो शिक्षा पाए, लेख्नुहोस् :
उत्तर : छिरिङ जेठो सन्तानको रूपमा कठिन पारिवारिक परिस्थितिमा हुर्किए। उनका बुबाले कडा परिश्रम र उनकी आमाले घरको हेरचाह गर्थिन् । आफ्नो बुबाको मृत्यु पछि, छिरिङले आफ्नो बुवाको जिम्मेवारी लिए र उनको उत्तराधिकारी बने। उनले एक विदेशी पर्यटकबाट छात्रवृत्ति प्राप्त गरे जसले...
५. विभिन्न देशको भ्रमणबाट छिरिङले कस्तो शिक्षा पाए, लेख्नुहोस् :
उत्तर : उनलाई दसौं कक्षासम्मको शिक्षा पूरा गर्न मदद दियो। स्नातक गरेपछि उनले जागिर छाडेर विभिन्न देशको भ्रमण गरे। जापान भ्रमणका क्रममा उनले श्रमको महत्त्व बुझे र नेपालमा पनि केही गर्न सकिन्छ भन्ने महसुस गरे। आफ्नो यात्राबाट छिरिङले श्रम र सीपको मूल्य बुझे। आफ्नो देशको मौलिकता र पहिचानलाई आफ्नो काममा समेटेर आफ्नै देशमा राम्रो जीवनयापन गर्न सकिन्छ भन्ने विश्वास उनमा आयो।
६. छिरिङको जीवनी सङ्घर्षबाट के शिक्षा लिन सकिन्छ, आफ्नो विचार लेख्नुहोस् :
उत्तर : छिरिङ्ग यस रचनामा एक महत्त्वपूर्ण पात्र हो, जसमा अटुट देशभक्ति मूर्त छ । आफ्नो बुबाको असामयिक मृत्यु पछि
आफ्नो जीवनमा धेरै चुनौतीहरूको सामना गर्नुपर्दा पनि, छिरिङले आफ्नो बुबाको उत्तराधिकारीको भूमिका ग्रहण गरे र
आफ्नो शिक्षाको पछि लाग्दै आफ्नो जिम्मेवारीहरू बहन गरे।
उनले श्रम र सीपको महत्वलाई महत्व दिँदै विभिन्न देशको भ्रमण गरेपछि नेपालमा ठूला कुरा हासिल गर्न सक्ने क्षमता रहेको महसुस गरे।
उनले मौद्रिक लाभभन्दा बाहिरको काममा सन्तुष्टि खोज्नुपर्नेमा जोड दिँदै नेपालको विशिष्ट पहिचान, स्रोत र सीपको सदुपयोग गर्नुपर्नेमा जोड दिए।
चोमोलुङ्गा औद्योगिक प्रतिष्ठान स्थापनामा छिरिङको सफलताले उनको पाइला पछ्याउने प्रेरणा पाउन सकिन्छ ।
उनको जीवन संघर्षले जीवनमा सफलता कसरी प्राप्त गर्ने भन्ने बारे बहुमूल्य अन्तर्दृष्टि प्रदान गर्दछ ।
हामीले हाम्रो प्रयासमा सफल हुन उनका सिद्धान्त र विचारहरू अपनाउनुपर्छ।
हाम्रो देशप्रतिको हाम्रो जिम्मेवारीलाई सम्झनु र यसलाई वहन गर्न आवश्यक छ।
हामीले आफ्नो देशको मौलिकता र पहिचानलाई जोगाउँदै आफ्नो देशभित्रै अर्थपूर्ण काम गरेर
विश्वस्तरमा राम्रो नाम कमाउने प्रयास गर्नुपर्छ।
७. दिइएका उद्धरणको व्याख्या गर्नुहोस् :
क) "हामीकहाँ नयाँ कुराको परिकल्पना गर्ने, जोखिम मोल्नेभन्दा पनि अरुले गरेको हेरेर त्यसैले अनुसरण गर्ने, अस्वस्थ प्रतिस्पर्धा गर्ने चलन छ।”
उत्तर : कक्षा १२ को नेपाली पाठ्यपुस्तकका लेखकले "जीवन मार्ग" रेपोर्ताज लेखेका हुन्, जसमा छिरिङ नामक एउटा महत्त्वपूर्ण चरित्र समावेश छ। चोमोलुंगाको औद्योगिक स्थापनाको बारेमा छिरिङसँगको कुराकानीको क्रममा, लेखकले आजको समाजमा प्रतिस्पर्धाको अस्वस्थ प्रवृत्तिलाई जोड दिने वाक्यांशलाई टिपोट गरेका छन्। जोखिम मोल्न र नयाँ कुराको कल्पना गर्नुको सट्टा, मानिसहरू अरूले पहिले नै गरेको कुराको नक्कल गर्ने गर्छन । उदाहरणका लागि, यदि एउटै ठाउँमा कपडा पसल सफल भयो भने, उही क्षेत्रमा धेरै समान पसलहरू खुल्नेछन् । नेपाली समाजमा यो प्रचलन लामो समयदेखि चलिआएको छ, जहाँ मानिसहरु नयाँ विषयको खोजी गर्नुको सट्टा एकअर्काको नक्कल गर्ने प्रवृत्ति रहेको छ। यो चक्रलाई तोड्न र अरुको कार्यहरू पछ्याउनुको सट्टा नयाँ विचार र विकल्पहरू सोच्ने प्रयास गर्न महत्त्वपूर्ण छ ।
ख) "वास्तवमा कलम र हृदय दुवैको मेल भएपछि राम्रो लेख्न सकिने रहेछ "
उत्तर : प्रस्तुत व्याख्यांशमा कल्पनाशक्ति र ज्ञानशक्तिका माध्यमबाट नै साहित्यिक लेख रचना जन्मने कटु सत्यलाई उद्घाटन गरिएको छ। हार्दिक पक्ष जतिसुकै प्रवल भए तापनि ज्ञानशक्ति कमजोर भएमा हृदयका भावहरू साहित्यमा उतार्न सकिंदैन । उत्कृष्ट साहित्य बुद्धिमत्ता र भावनाको संयोजनबाट आउँछ। बुद्धि बिना, भावनाहरू हृदयमा सीमित हुन्छन्, र प्रभावकारी रूपमा व्यक्त गर्न सकिँदैन । कलम ज्ञानको प्रतीक हो, र बुद्धि शब्दहरू वर्णन गर्न र ज्ञानको दायरा विस्तार गर्ने आधार हो। एक बुद्धिमान व्यक्तिले भावनाहरू, विचारहरू, अनुभवहरू व्यक्त गर्न कलम प्रयोग गर्दछ। महाकवि देवकोटाले भन्नुभएको छ, कलम प्रयोग गरेर कलात्मक प्रकाशनबाट जीवित अनुभवहरू सिर्जना गर्न सकिन्छ। तर, बौद्धिक क्षमताविना भावनाको सागरमा जतिसुकै गहिरो डुवे पनि साहित्यिक मोती निकाल्न सकिँदैन। विवेकशील व्यक्तिले कलम र हृदयको गम्भीर भावनालाई जोड्दा सुन्दर साहित्यको सिर्जना हुन्छ र साहित्यको बगैंचामा सृजनशीलताको फूल फुल्छ। प्रस्तुत रेपोर्ताज रचनामा लेखक र पात्रले कलम र हृदयलाई जोडेर समाचार र ज्ञान समेटिएको र कलात्मक प्रतिभासहित राष्ट्रवादको सन्देश दिने प्रतिवेदन सिर्जना गरेका छन् । उनले उद्यमी बन्ने र विकास र समृद्धिको सिँढी चढ्ने लक्ष्य राख्छन् ।
८. तपाईंलाई छिरिङसँगको वार्ताका आधारमा तयार पारिएको जीवन मार्ग कस्तो लाग्यो, तर्कसहित आफ्नो विचार लेख्नुहोस् :
उत्तरः रिपोर्ताज समसामयिक विषयमाथि तयार पारिन्छ र यस्तो तयारीको क्रममा लेखक स्वयम्को संलग्नता वा प्रत्यक्षदर्शिता आवश्यक हुन्छ।
यसमा लेखक प्रत्यक्षदर्शी वा भोक्ता हुन्छ। कुनै पनि विषयलाई प्रस्तुत गर्नुपूर्व त्यसलाई सतर्कतापूर्वक अध्ययन वा विश्लेषण गरिएको हुन्छ ।
मेरो विचारमा यो रचना शीर्षक जस्तै साँच्चिकै कैयौंको जीवनका लागि जीवन मार्ग बन्न सक्छ। हुनत यो रचना काल्पनिक हो तर पाठ पढुन्जेल एकछिन भए पनि मन हर्षित भयो।
जीवन मार्ग रिपोर्ताज राष्ट्रभक्ति भाव झल्काउने, स्वदेशमा गरिने उद्यमप्रति सकारात्मक भाव उब्जाउने एउटा प्रेरणादायी रचना हो।
जीवन मार्ग रिपोर्ताजको लेखक पनि प्रत्यक्ष भोगेर, देखेर र निर्देशकसँग वार्ता गरेर यो रचना तयार पारेको तरिकामा प्रस्तुत गरिएको छ।
साँच्चिकै हामी हरेक कुरामा आत्मनिर्भर हुने हो भने कति चैन मिल्थ्यो, कल्पना पनि गर्न सक्दिनँ।
निर्यातको तुलनामा आयात कैयौं गुना बढी भएको हाम्रो जस्तो देशमा साँच्चिकै चोमोलुङ्गा औद्योगिक प्रतिष्ठान जस्ता उद्योगहरु खुल्ने र
यही हाराहारीमा लोकप्रिय हुने हो भने कस्तो हुन्थ्यो होला भन्ने कल्पनाले एकछिन भए पनि पुलकित बनायो।
औद्योगिक प्रतिष्ठान खोल्ने र नेपालको मौलिक पहिचानमा आधारित अनि स्थानीय कच्चा सामानको सदुपयोग गर्दै उद्योग स्थापना गर्ने
छिरिङको सोचलाई मान्नैपर्छ। हाम्रा घरभित्र नेपाली ब्रान्डका कुनै पनि सामान नभेटिने अवस्थाबाट
हरेकका घरभित्र कोठा कोठामा चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानका नेपाली उत्पादनका सामान भेटिनु एउटा कान्ति नै हो।
त्यति मात्र होइन त्यस्तो सोचलाई मूर्त रूप दिँदै सामान उत्पादन, बिक्री वितरणमा पनि चोमोलुङ्गा शिखर चुम्न सफल बन्नु चानचुने कुरा होइन।
छिरिङको अथक सङ्घर्षबाट त म नतमस्तक नै भएँ। उनका बाल्यकालका सङ्घर्षका कुराले केही भावुक पनि बनायो।
पाठ पढ्न थालेपछि नसकुन्जेल पाठबाट ध्यान हटेन । प्रेरणादायी विषयवस्तु, सरल भाषा र कलात्मक लेखनले मलाई जीवन मार्ग उत्कृष्ट लाग्यो।
६. दिएको अनुच्छेद पढी सोधिएको प्रश्नको उत्तर
- क) ओलिम्पिक खेलमा नेपालको प्रवेश कहाँबाट भएको हो?
उत्तरः ओलिम्पिक खेलमा नेपालको प्रवेश सन् १६६४ मा टोकियो ओलिम्पिकबाट भएको हो । - ख) ओलिम्पिकमा नेपालको सहभागिता कुन कुन खेलमा हुने गरेको छ?
उत्तरः ओलिम्पिकमा नेपालको सहभागिता एथलेटिक्स, बॉक्सिङ, भलिबल, पौडी जस्ता खेलमा हुने गरेको छ । - ग) सन् १६८० को मास्को ओलिम्पिकमा कति जना नेपाली खेलाडीले भाग लिएको थियो?
उत्तरः सन् १६८० को मास्को ओलिम्पिकमा १२ जना नेपाली खेलाडीले भाग लिएको थियो । - घ) नेपालले ओलिम्पिक खेलमा पाएको सफलताको स्तर कस्तो छ?
उत्तरः नेपालले ओलिम्पिक खेलमा पाएको सफलता एकदमै उत्साहजनक अनुभव र प्रशंसायोग्य छ ।
१०. सारांश लेख्नुहोस्
बुँदा टिपोटः
- परापूर्वकालदेखि समाजमा प्रचलित लोककला एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै गएको।
- नेपालमा थारु, मैथिली, पर्वते, नेवारी, जैती, अवधी, मुस्ताङ्गगी, भोटे, खाम, किरात, राजवंशी आदिका लोककला प्रचलित रहेका।
- थारु लोककलामा चित्रकला, मूर्तिकला, वास्तुकला, हस्तकला, झुट्टीकला, गोडैनाकला आदि प्रचलित रहेका।
- थारु जतिले पूजाआजा तथा विभिन्न संस्कारजन्य कार्यमा बनाउने विभिन्न प्रतिकात्मक चित्रको खास उद्देश्य जीवनलाई सुमधुर बनाउनु रहेको।
सारांशः
परापूर्वकालदेखि समाजमा प्रचलित लोककला एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै गएको छ। नेपालमा मैथिली, पर्वते, नेवारी, जैती, अवधी, मुस्ताङ्कगी, भोटे, खाम, किरात, राजवंशी, थारु आदिका लोककला प्रचलित रहेका छन्। थारु लोककलामा चित्रकला, मूर्तिकला, वास्तुकला, हस्तकला, झुट्टीकला, गोडैनाकला आदि प्रचलित रहेका छन्। थारु समाजमा प्रस्तर, काष्ठ तथा सेरामिक मूर्तिकलामध्ये सेरामिक कलाको बढी प्रयोग भएको पाइन्छ। थारु जतिले पूजाआजा तथा विभिन्न संस्कारजन्य कार्यमा बनाउने विभिन्त प्रतिकात्मक चित्रको खास उद्देश्य जीवनलाई सुमधुर बनाउनु रहेको देखिन्छ।
मूल अनुच्छेदमा दिइएको शब्द संख्या: २७१
सारांशमा हुनुपर्ने शब्द संख्या: ७०
सारांशमा भएको शब्द संख्या: ७२